२७ आश्विन २०८२, सोमबार

उदयपुर सिमेन्ट उधोगका कर्मचारी कामबिहिन , हाजिर गर्दै कार्यालयबाट बाहिरिनु कर्मचारीको दैनिकी

कान्छो खवर । बिहिबार, आश्विन २३, २०८२

गाईघाट   २३   असोज  ।

उदयपुर सिमेन्ट उद्योगका कर्मचारी तेजप्रसाद ढकालले तलब भत्ता नपाएको पनि झन्डै  ८ महिना भएको  छ । उनि दिनहु कार्यालय जान्छन् , हाजिर गर्छन् ।केहि समय कार्यकक्षमा बस्छन् अनि घर फर्कन्छ्न ।

उनको अहिले यस्तो छ , दैनिकी ।कुनै समय काम गर्दा गर्दै अबेर सम्म पनि फुर्सद हुदैन थियोे उनलाई ।तर लामो समय देखि उधोग बन्द भए पछि उनि मात्र होईन उधोगमा कार्यरत झन्डै १३७ जना कर्मचारीको दैनिकी यस्तै बनेको  छ ।

मुलुकको सबैभन्दा ठुलो औधोगिक प्रतिस्ठान उदयपुर सिमेन्ट उधोग आर्थिक रूपमा जर्जर भएर लामो समय देखि उत्पादन बन्द हुदा कर्मचारीहरु कामबिहिन बनेका छ्न ।

आर्थिक रूपमा टाट पल्टिएको उधोग आफैंले संचालन गर्न नसक्ने अबस्थामा पुगे पछि उधोगले सरकार संग पटकपटक उधोग संचालन गर्न  गरेको आग्रह अझै सुनुवाइ हुन सकेको छैन ।

कच्चापदार्थको अभाव र संचालन खर्चको जोहो हुन नसक्दा उधोगले झन्डै १ बर्ष देखि सिमेन्ट उत्पादन गरेको छैन । सरकारले केहि महिना अगाडि उधोगलाई खारेजीको सुचीमा राखे पछी  कर्मचारीमा उत्साह हराएको कर्मचारीहरु बताउँछन् ।

उधोग लामो समय देखि बन्द हुनु , सरकारले बन्द उधोग संचालनमा उदासीनता देखाउनु र कर्मचारीले तलब भत्ता  ८ महिना देखि नपाउदा कर्मचारीहरुको बिल्लीबाठ भएको छ ।

तलब भत्ता पाइन्छ कि भन्ने आशमा कर्मचारीहरु नियमित रूपमा उधोगमा हाजिर हुन जाने गरेको ढकालले बताए । उनलेे लामो समय देखि तलब भत्ता नपाउदा कर्मचारीहरु निकै समस्यामा परेको बताए ।

उत्पादन बन्द छ , उधोगमा कुनै आम्दानी छैन ।उधोग बाट तलब भत्ता आउने कुनै आशा छैन ।सरकारले बैकल्पिक ब्यबस्था गरेर कर्मचारीको तलब भत्ता उपलब्ध गराओस भन्ने कर्मचारीको माग छ ।उनले भने ।तर अहिलेसम्म कतै बाट कुनै आश्वासन नपाएको उनलेे बताए ।

उधोग स्थापना कालमा ५३१ जना स्थायी कर्मचारी रहेकोमा अहिले घटेर कर्मचारीको संख्या १७३ जना रहेकोे उनले बताए । कर्मचारीको नियमित अबकास , जागीर छोडेर गएको कारण कर्मचारीको संख्या दिनहु घट्दो छ ।

उमेर हदको कारण अनिवार्य अबकासमा गएका १३९ कर्मचारीले उधोगमा आर्थिक अभाव हुदा उपदानको रकम पाउन सकेका छैनन् ।गत माघ सम्म कर्मचारीको उपदान , संचयकोष , नागरिक लगानी कोष र तलब भत्ता गरि झन्डै १ अरब ५७ करोड रुपैया उधोग बाट भुक्तानी हुन बाकी रहेको छ ।

आर्थिक अभावमा बिगत २ बर्ष देखि नागरिक लगानी कोषमा र संचयकोषमा ३ बर्ष देखि रकम दाखिला हुन सकेको छैन ।सरकारलाई बुझाउनु पर्ने राजस्व मात्र ७० करोड पुगेको छ ।लामो समय देखि बिधुत उपयोग गरे बापत बिधुत प्राधिकरणलाई माघ महिना सम्मको ४४ करोड रुपैया बुझाउन बाकी रहेकोे छ ।

कर्मचारीलाई मासिक तलब भत्ता बापत मात्र झन्डै १ करोड २० लाख खर्च हुने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्