कान्छो खवर । शुक्रबार, आश्विन १०, २०८२

गाईघाट १० असोज ।
सामाजिक सुरक्षा भत्ता लिन वृद्धबृद्धाहरुलाई सकस परेको छ ।अरु बेला भन्दा दसैंको बेला भिडभाड बढी हुने र बैंकिङ कारोबार बढी हुने भएकोले भत्ता थाप्न आउने उनिहरुले निकै सास्ती खेप्नुपरेको छ ।
दसैंको बेला सरकारी कर्मचारी , शिक्षकको तलब भत्ता मात्र नभएर सर्बसाधारणको आर्थिक कारोबार बढी हुने भएकोले सामाजिक सुरक्षाको भत्ता लिन आउनेहरु बिहान नै देखि बैंक अगाडि लाम लागेर बस्ने गरेका छन् ।
त्रियुगा नगरपालिका ४ कि ७५ बर्षीया गिता कार्की भत्ता लिन बिहान ७ बजे देखि नै बैंक अगाडि आएर बस्नु परेको बताइन् ।उनले ढिलो गरेर आउदा बैंकमा बढी भिडभाड हुदा भत्ता लिन निकै समय लाग्ने भएकोले बिहानै आउनु परेको बताइन् ।
त्रियुगा ५ देउरीकि ७९ बर्षीया लक्ष्मी थापा भत्ताको लागि नाति संगै बैंक आएको बताइन् । बैंकमा अत्यधिक भिड हुने भएकोले बिहानै आउनु परेको उनको भनाइ छ ।
पहिले हामीले गाउमै भत्ता लिनेे गरेका थियौ , त्यति बेला निकै सहज थियोे तर बिगत केही बर्ष देखि भत्ता लिन बैंकमा आफै आउनु परेको छ ।उनले भनिन् ।हामी जस्ता बुढाबुढीहरुलाई अहिले भत्ता लिन बैंक आउनु पर्दा निकै समस्या हुने गरेको उनले बताइन् ।
अब सरकारले घर घरमै पुगेर भत्ता दिने ब्यबस्था गरेर सहज गरि दिनुपर्ने उनको भनाइ छ ।
पहिले वडा कार्यालय मार्फत सामाजिक सुरक्षाको भत्ता दिने गरेको थियो , तर कर्मचारी बाट बदमासी भए पछी सरकारले बैंक मार्फत भत्ता दिने ब्यबस्था गरे पछी उनिहरुलाई बैंक आउनु पर्ने बाध्यता भएको छ ।
कर्मचारीले किर्ते गरेर आफै पैसा निकाल्ने , मरेको ब्यक्तिलाई जीउँदै देखाउदै भत्ता आफै खाने बिकृती बढे पछी सरकारले वडा मार्फत दिदै आएको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिन थालेको हो ।