०१ आश्विन २०८२, बुधबार

जेन्जी आन्दोलनको क्रममा वडा अध्यक्ष कोइरालाको घर तोडफोड र आगजनी हुदा झन्डै ३५ लाख बराबरको क्षेती

कान्छो खवर । बुधबार, आश्विन ०१, २०८२

गाईघाट  १  असोज  ।

जेन्जी आन्दोलनको क्रममा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोईरालाको  घर तोडफोड र आगजनी हुदा झन्डै ३५ लाख बराबरको क्षेती भएको  छ ।

आन्दोलनको क्रममा भदौ २४ गते साझ आन्दोलनमा घुसपैठ गरेर कोईरालाको घर तोडफोड , भौतिक सम्पत्ति हानी नोक्सानी भएको थियोे ।उनको झण्डै ९ तोला सुन , १ लाख ५० हजार नगद सहित घरमा रहेका अन्य सरसामान लुटिएको र जलाइएको थियो ।

आन्दोलनकारीले घरको झ्याल ढोका समेत फुटाएर जलाइदिएका थिए ।घर पालेको ४ वटा कुखुरा समेत आन्दोलनकारीले लगेको उनले बताए ।

उनले आन्दोलनमा अबैध रूपमा घुसपैठ भएर आफ्नो घरमा क्षेती पुर्याइएको बताए । जेन्जीको आन्दोलनमा मैले पनि ब्यक्तिगत रूपमा समर्थन जनाएको थिए , तर आन्दोलनमा घुसपैठ भएर गलत तत्वले फाइदा लिएको उनलेे बताए ।

मेरो घर तोडफोड गर्ने र आगजनी गर्ने समुहको पहिचान भैसकेकोले आफू कानुनी रूपमा उनिहरु विरुद्ध जान लागेको कोइरालाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्