कान्छो खवर । शुक्रबार, भाद्र २७, २०८२

गाईघाट २७ भदौ ।
नुहाउने क्रममा खोलाले बगाएर शुक्रबार दिउसो उदयपुरमा एक महिला बेपत्ता भएकी छिन् ।
उदयपुरगढी गाउपालिका ६ नेपालटारस्थित पौवा खोलामा नुहाउने क्रममा दिउसो ५ बजेको समयमा स्थानिय २२ बर्षीया बिना राई बेपत्ता भएकी हुन् । माइतीमा बस्दै आएकी उनी भाउजू सुकु राई संग दिउसो खोला नुहाउन गएकी थिइन् ।
स्थानिय र प्रहरीले राईको खोजी गरिरहेको भए पनि अझै फेला पार्न नसकीएको वडा अध्यक्ष मनोज तामाङले बताए ।
बेपत्ता महिलाको श्रीमान वैदेशिक रोजगारीमा बिदेशमा छन् भने उनको ९ बर्षिय छोरा छन् ।
यहाँ कमेन्ट गर्नुहोस्