०४ भाद्र २०८२, बुधबार

०४ भाद्र २०८२, बुधबार

चौदण्डीगढीमा अबैध रूपमा भएको माटोजन्य पदार्थको चोरी निकासी छानबिन गर्न बनेको समितिद्वारा प्रतिबेदन सार्वजनिक , कर्मचारीको मिलिमतो समेत रहेकोे ठहर

कान्छो खवर । बुधबार, भाद्र ०४, २०८२

प्रतिबेदन सार्वजनिक गर्दै समितिका अध्यक्ष राउत

गाईघाट  ४  भदौ  ।

चौदण्डिगढी नगरपालिका ४ स्थित चरण टोल भित्र पर्ने केशरबहादुर भुजेलको नम्बरी जग्गाबाट अबैध रूपमा माटो उत्खननको बिषयमा बनेको छानबिन समितिले बुधबार नगरपालिकामा प्रतिबेदन बुझाएको छ ।

समितिको अध्यक्ष नगर प्रबक्ता प्रकाश राउतले नगरप्रमुख कालु  लामा सहितको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि प्रतिबेदन सार्बजनिक गरेका हुन । प्रतिबेदनमा उक्त उत्खनन अबैध भएको , प्राकृतिक सम्पत्तिको दोहन गरेको ठहर गर्दै उक्त कार्यमा संलग्न ब्यक्तिबाट दोहन गरिएको परिणाम बापत राजस्व र जरिवाना लिने र उक्त कार्यमा मिलिमतो गर्ने राजस्व शाखाका प्रमुख प्रकाश बनलाई निलम्बन गर्ने सिफारिस गरिएको छ ।

छानबिन समितिको प्रतिबेदनमा १९ हजार ८ सय ९०  .६७५ घनमिटर परिणामको माटो उत्खनन भएर अबैध रूपमा चोरी निकासी भएको ठहर गरिएको छ ।स्थलगत निरीक्षण , आरोपित ब्यक्ति संग गरिएको सोधपुछ र विभिन्न प्रमाणको आधारमा तयार पारिएको प्रतिबेदनको आधारमा कारबाहीको सिफारिस गरिएको उल्लेख छ ।

अबैध माटो उत्खनन र चोरीनिकासीमा संलग्न सिताराम कन्ट्क्सनका प्रोपाईटर तेजनारायण साहबाट चोरीनिकासी भए बमोजिमको राजस्व बापत १४ लाख ५ हजार ७७ रूपमा र त्यतिकै परिणाममा जरिवाना गरि २८ लाख १० हजार १५४ रुपैया असुल गर्न सिफारिस गरिएको प्रतिबेदनमा उल्लेख छ ।

जरिवानाको उक्त सिफारिस कोशी प्रदेशको आर्थिक ऎन २०८२ को अनुसूची १४ बमोजिम गरिएको खुलाइएको छ । त्यसै गरि माटो चोरीमा संलग्न उत्खनन स्थलमा स्थानिय , नगरप्रहरी र नेपाल प्रहरीको सक्रियतामा पक्राउ गरिएको १७ वटा टिफरको हकमा प्रति टिफर १ लाखको दरले हुन आउने १७ लाख रूपमा जरिवाना गर्न सिफारिश गरिएको छ ।

उत्खननमा प्रयोग गरिएको स्काभेटर खोजी गर्न प्रहरी , नगरप्रहरीलाई अनुरोध गर्न र बरामद पछी उक्त ऎनको अनुसूची १४ मा भएको ब्यबस्था बमोजिम जरिवाना गर्न समेत सिफारिस गरिएको छ ।

प्रतिबेदनको अन्तमा भनिएको छ,उत्खनन तथा निकासी कार्य गर्दा प्रचलित नियमानुसार भए नभएको बारे नियमन तथा निगरानी राजस्व चुहावट नियन्त्रण गर्ने , प्राकृतिक स्रोतबाट प्राप्त हुने राजस्व संकलन गर्ने कार्य राजस्व शाखा प्रमुखको दायित्व रहेकोमा आफ्नो जिम्मेवारी बमोजिम कार्य सम्पादन नगरेको निष्कर्ष सहित राजस्व शाखा प्रमुख प्रकाश बनलाई हाललाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

गत साउन २७ गत अबैध रूपमा माटो उत्खनन गरि चोरी निकासी भैरहेको अबस्थामा प्रहरीले १७ वटा टिफर नियन्त्रणमा लिएको थियोे ।उक्त चोरी निकासी र माटो उत्खनन नगरपालिकाको निर्देशनमा भएको हल्ला सार्वजनिक भए पछी लगत्तै २९ गते बसेको नगर कार्यपालिकाको बैठकले अबैध रूपमा भएको माटोजन्य पदार्थ  चोरी निकासी भएको बारे छानबिन गरि ३ दिन भित्र प्रतिबेदन पेश गर्न ४ नम्बर वडा अध्यक्ष राउतको अध्यक्षतामा इन्जिनियर संतोष राई र वडा सदस्य लुङ्गाराज राई रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियोे ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्