३० साउन २०८२, बिहिबार

त्रियुगा नगरपालिकाले सडक बत्तीको झन्डै ३ करोड रुपैया महसुस बुझाउन बाकी

कान्छो खवर । बिहिबार, साउन ३०, २०८२

गाईघाट   २९  साउन ।

त्रियुगा नगरपालिकाले सडक बत्तीको महसुस बापत झन्डै ३ करोड रुपैया बिधुत प्राधिकरणलाई बुझाउन बाकी रहेकोे छ ।लामो समय देखि रहेको बक्यौता रकम तिर्न प्राधिकरणले  अनुरोध गरेकोमा पटकपटक गरेर ४० लाख रुपैयाँ मात्र नगरपालिकाले बुझाएको प्राधिकरण वितरण केन्द्र गाईघाटले जनाएको छ ।

गत असार मसान्तसम्म नगरपालिकाले प्राधिकरणलाई २ करोड ९३ लाख ८५ हजार २७४ रुपैया सडक बत्ति प्रयोग गरे बापतको महसुस बुझाउन बाकी रहेको कार्यालय प्रमुख माधबप्रसाद यादवले बताए ।

 

उनले नगरपालिकाको उक्त रकम निकै लामो समयदेखिको बक्यौता रकम भएको बताए ।बैशाख महिनामा केहि महसुस बुझाएको भए पनि त्यस यता नगरपालिकाले महसुस बुझाएको छैन ।उनले भने ।

नगरपालिकाले सडक बत्तीको महसुस तिर्नकै लागि भनेर उपभोक्ता संग जग्गाको तिरो तिर्ने बेला बार्षिक रूपमा २ सय रुपैया लिने गरेको छ ।सडक बत्ति प्रयोग नगर्ने उपभोक्ताले समेत जग्गाको तिरो तिर्ने बेला उक्त रकम बुझाउनु परेको छ । नगरपालिकाको यस्तो नितिले उपभोक्ता निकै मारमा परेको भए पनि कुनै राजनैतिक दल सरोकारवाला निकाय र सामाजिक अभियन्ताबाट यस  बिषयमा कुनै  आबाज  उठाएको  देखिएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्