३० साउन २०८२, बिहिबार

अबैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरि निकासी गर्न लागेको अबस्थामा १७ वटा टिफर पक्राउ

कान्छो खवर । बुधबार, साउन २९, २०८२

गाईघाट  २८  साउन  ।

बेल्टार प्रहरीले नदिजन्य पदार्थ सहित मंगलबार साझ १७ वटा टिफर पक्राउ गरेको छ ।जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहस्थित नदिबाट अबैध रूपमा नदिजन्य पदार्थ  उत्खनन गरि  बाहिर लैजान लागेको अबस्थामा उक्त गाडी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

पक्राउ गरिएको उक्त गाडी कारबाहीकोलागि नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।जेष्ठ देखि असोज सम्म नदि नाला उत्खनन गर्न र नदिजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने कानुनी ब्यबस्था छ ।तर कानुन बिपरित अबैध रूपमा नदिजन्य पदार्थ उत्खनन भैरहेको सूचनाको आधारमा खोला बाटै गाडीहरु नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बबिन राईले बताए ।

पक्राउ गरिएको उक्त गाडी एसियन हाइवे निर्माण गरिरहेको चाईना रेल्वे न.२ इन्जिनियरीङ ग्रुपको रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाका मेयर कालुमान लामाले अबैध रुपैया नदिजन्य पदार्थ चोरी निकासी गर्ने विरुद्ध कानुनी कारबाही गरिने बताए । अहिले तीन महिना नदि उत्खनन गर्न कानुनले निषेध गरेको छ, उनलेे भने ।यो बेला कसैले अनुमती दिएको हुदैन ।यो सरासर गलत हो ।उनले भने ।

यहाँ कमेन्ट गर्नुहोस्