कान्छो खवर । बुधबार, साउन २२, २०८२

गाईघाट २१ साउन ।
मदिरा भन्दै झुक्किएर डिजल सेबन गर्दा बुधबार उदयपुरमा एक वृद्धको मृत्यु भएको छ ।
चौडण्ढिगढी नगरपालिका ६ सुगारेका ९३ बर्षिय अन्तनारायण श्रेष्ठले मंगलबार साझ ७.३० बजे प्लास्टिकको बोटलमा रहेकोे डिजल मदिरा भन्दै सेबन गरेका थिए । डिजल सेबन गरे पछी उनि शख्त रूपमा बिरामी परे , उनलाई तत्काल बेलटारस्थित नगर अस्पतालमा उपचारको लागि आफन्तले राति नै भर्ना गरे तर उनको अबस्थामा कुनै सुधार हुन सकेन ।
स्वास्थ अबस्थामा सुधार नभए पछि तत्काल उपचारकोलागि बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा लगिएकोमा बुधबार बिहान ७ बजे उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको पारिबारिक स्रोतलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
बोटलमा भरेर डिजल राखिएको रहेछ , मृतकले मदिरा भन्दै उक्त डिजल पिएका रहेछन् । डिजल सेबनले जलन भएर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शब पोस्टमार्टम पछि अहिले आफन्तलाई जिम्मा लगाइएको छ ।