कान्छो खवर । सोमबार, आषाढ ३०, २०८२

गाईघाट ३० असार ।
गर्भवती महिलाको अस्पताल लैजाने क्रममा आइतबार दिउसो मृत्यु भएको छ ।त्रियुगा नगरपालिका ९ गैरुनकि ३० बर्षिया तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा चेकजाँच गर्न आउदै गर्दा गिरी बाटैमा लडेर बेहोस भए पछि उनलाई तत्कालै जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतकको पेटमा रहेको शिशु समेत मृत रहेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालकि चिकित्सक निर्मला चौधरीले गर्भवती महिलाको मृत्यु के कारणले भयो भन्ने बारे कुनै जानकारी नभएको बताए ।गर्भवती अबस्थामा बिरामीलाई सुगर वा प्रेसर भएको अबस्थामा बिरामीको अचानक मृत्यु हुने संभावना रहेको उनलेे बताईन ।
मृतकको श्रीमान वैदेशिक रोजगारीको लागि बिदेशमा रहेका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्