२७ आषाढ २०८२, शुक्रबार

उदयपुरमा असारमसान्त सम्म ८ अरब बढी खर्च भुक्तानी

कान्छो खवर । बिहिबार, आषाढ २६, २०८२

गाईघाट   २६   असार  ।

असार मसान्तसम्म उदयपुरमा  ८ अरब बढी रकम भुक्तानी भएको छ ।असार मसान्तसम्म भित्रमा सरकारले खर्च निकासा गर्न पाउने कानुनी ब्यबस्था भएको हुदा बुधबार राति सम्म जिल्लामा ८ अरब २८ करोड ८० लाख ६ हजार २४ रुपैया खर्च भएको  छ । यो रकम बिनियोजन रकमको ९२.९८ प्रतिशत हो ।

आर्थिक बर्ष २०८१/ ८२ को लागि जिल्लामा ८ अरब ९१ करोड ३७ लाख २९ हजार ७ सय ९ रुपैया बिनियोजन भएकोमा चालू तर्फ ७ अरब ८१ करोड २२ लाख ४३ हजार ८ सय १५ रुपैया र पुजिगत तर्फ १ अरब १० करोड १४ लाख ८५ हजार ८ सय ९४ रुपैया रहेकोे कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका सूचना अधिकारी बिकास भट्टराईले बताए ।

बिनियोजित रकम मध्य चालू तर्फ ७ अरब ३४ करोड ६४ लाख ७९ हजार ४ सय २१ र पुजिगत तर्फ ९४ करोड १५ लाख ३६ हजार ६ सय ३ रुपैया खर्च भएको उनले बताए ।

असारको २५ गते  राति १२ बजे पछी एआई बेस हुने भएकोले  राति १२ बजे देखि अटोमेटिक रूपमा लक हुने भएकोले आर्थिक कारोबार पुर्ण रूपमा बन्द हुने भट्टराईले बताए ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्