कान्छो खवर । आइतबार, आषाढ २२, २०८२

गाईघाट २२ असार ।
ब्राउन सुगर सहित एक युबा पक्राउ परेका छन् ।प्रहरीले आइतबार दिउसो त्रियुगा नगरपालिका ११ पुरानो गाईघाटका ३० बर्षिय बिनोद चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा चौधरीलाई घर देखि बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनको साथबाट नगद ३ हजार ४ सय रुपैया समेत बरामद गरिएको एसपि हरिहरनाथ योगीले बताए ।
पक्राउ परेका चौधरी लागूऔषध सेबनकर्ता रहेको खुल्न आएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्