कान्छो खवर । मंगलबार, जेठ २८, २०८२

गाईघाट २७ जेष्ठ ।
मालपोत कार्यालय उदयपुरको जिप दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन् ।मदन भण्डारी लोकमार्ग अन्तरगत मुर्कुची – नेपालटार नागबेलीस्थित ओरालो घुम्तीमा स १ झ ४८५ नम्बरको बोलेरो गाडी मंगलबार बिहान ७.३० को समयमा दुर्घटना हुदा चालक ५० बर्षिय जितबहादुर कार्की , खरिदार ३५ बर्षिय तेजनारायण साह , उदयपुरगढीकि ४० बर्षीया सरिता भण्डारी र निजकि छोरी १७ बर्षीया संरचना घाइते भएको प्रहरीले जनाएको छ ।
चालक र खरिदार साहको अबस्था गम्भीर रहेकोले थप उपचारकोलागि बिराटनगर लगिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उदयपुरगढी गाउपालिकामा काम विशेषले गएका मालपोत अधिकृत दुबिन्द्र बराल सहितको टोलि चढेको गाडी गाईघाट फर्कदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको हो । मालपोत अधिकृत बराल शौच गर्न बाहिर निस्किएको बेला गाडी दुर्घटनामा परेको हो ।