कान्छो खवर । आइतबार, जेठ १९, २०८२

गाईघाट १८ जेष्ठ ।
राजसस्थाको पुनस्थापना र हिंन्दु रास्ट्र घोषणाको माग राखी जेष्ठ १५ गते देखि काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको राजाबादीहरुले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउको बिरोधमा सोमबारदेखि आन्दोलन चर्काउने भएका छ्न ।
प्रहरीले थापालाई भिड उतेजित बनाएको आरोपमा प्रदर्शन स्थलबाटै पक्राउ गरे पछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलले थापाको तत्काल रिहाई नभए भोलि देखि आन्दोलन थप चर्काउने चेतावनी दिएका छ्न।
उनले भोलि देखि काठमाडौमा आन्दोलन तीब्र बनाउन जिल्ला जिल्ला बाट कार्यकर्ताहरुलाई बोलाएर आन्दोलन सशक्त बनाउने चेतावनी दिएका छ्न ।अब हामी भोलि देखि काठमाडौको सबै तिर बाट जुलुस निकाल्छौ , उनले भने । सरकारी दमन र धरपकड विरुद्ध आन्दोलन कडा बनाएर अघि बड्ने उनले चेतावनी दिएका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्