कान्छो खवर । मंगलबार, जेठ १४, २०८२

गाईघाट १३ जेष्ठ ।
प्रहरीले गाजा सहित बाबुछोरालाई पक्राउ गरेको छ ।घरमा लुकाएर राखेको अबस्थामा त्रियुगा नगरपालिका ३ का ६८ बर्षिय लल्कु चौधरी र उनका छोरा बर्ष ३२ का मनोज सोमबार साझ १ केजी ३ सय ग्राम गाजा सहित पक्राउ परेका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार चौधरीको साथबाट गाजाको कारोबारबाट जम्मा भएको ६६ हजार रुपैया समेत बरामद भएको छ ।
चौधरीले घरमै बसेर गाजाको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्