१९ जेठ २०८२, आइतबार

सुनकोसीको बेलिबृज सोमबारदेखि खोल्न सुरु गरियो

कान्छो खवर । सोमबार, जेठ ०६, २०८२

गाईघाट  ५  बैशाख  ।

गाईघाट – दिक्तेल सडक अन्तरगत फोक्सिङटारस्थित सुनकोसीमा जडान गरिएको बेलीबृज ६ महिना पछि सोमबारदेखि खोल्न थालिएको छ ।

बर्षा संगै कोशीमा पानीको बहाब बढन थाले पछी बेलिबृज खोल्न थालिएको हो । गत असोज १२ गते आएको बाढीले कोशीको पक्की पूल बगाए पछि अस्थायी रूपमा कोसीमा बेलिबृज जडान गरिएको थियो ।

बेलिबृज जडान र खोल्नकोलागि आर्यन कन्ट्रक्सन्म मल्टीपर्पोज प्रालि कटारीले १ करोड २ लाखमा ठेक्का पारेको हो ।५० मिटर लामो उक्त बेलिबृज पौष २७ गते देखि सन्चालनमा आएको  गाईघाट दिक्तेल सडक आयोजनाको कार्यालयले जनाएको छ ।

योजना प्रमुख डिई पशुपति ज्ञवालीले सडक कार्यालयको प्राबिधिकको रोहवरमा बेलिबृज खोल्ने काम सोमबारदेखि सुरु गरिएको बताए ।उनले कोसीमा  पानीको बहाब बढ्न सुरु भए पछी बेलिबृज खोल्न सुरु गरिएको बताए ।

हामीले जेष्ठ २ गते देखि नै बेलिबृज खोल्न भनेका थियौ तर ३ दिन पछी  निर्माण ब्याबसायीले खोल्न सुरु गरेको उनले बताए । पानीको बहाब बढे पछि कोसीमा आउने बाढीले बेलिबृज बगाउने हुदा हिउँदमा जडान गरिने र बर्षादमा बेलिबृज खोल्ने गरेको योजना प्रमुख ज्ञवालीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्