१९ जेठ २०८२, आइतबार

ढुङ्गा , गिट्टी उत्खनन कानुन सम्मत: चौदण्डिगढी नगरपालिका

कान्छो खवर । शुक्रबार, जेठ ०३, २०८२

गाईघाट  २   बैशाख ।

अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले छानबिन गरिरहेको अबस्थामा चौदण्डिगढी नगरपालिकाले बिहिवार एक बिज्ञप्ति जारी गर्दै  लामा खोलामा भैरहेको ढुङ्गा गिट्टी उत्खनन , संकलन र बिक्रीवितरणको कार्य   कानुन सम्मत भएको जनाएको छ ।

नगरपालिकाले वडा नम्बर २ र ४ मा पर्ने लामा खोला क्षेत्रमा नम्बरी जग्गाबाट जग्गा धनी संग समन्वय गरि ढुङ्गा गिट्टी उत्खनन र बिक्री गर्न ठेक्का लगाए पछि  उक्त कार्यको तीब्र बिरोध भएको थियोे ।

बिरोधको बीच स्थानिय प्रशासनले तत्काल उत्खनन कार्य बन्द गराएको छ भने अख्तियारले  छानबिन समेत गरिरहेको छ ।

खोला आसपासका केहि स्थानिय बासिन्दाको नम्बरी जग्गाबाट झन्डै १० हजार घन मिटर ढुङ्गा गिट्टी निकाल्न नगरपालिकाले साङ्गे छोईलिङ कन्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

नगरपालिकाको तर्फ बाट नगर प्रबक्ता प्रकाश राउतले जारी गरेको बिज्ञप्तिमा ढुङ्गा गिट्टी उत्खनन र बिक्रीवितरण नगरपालिकाको आन्तरिक राजस्व वृद्धि गराउदै बिकासको लागि स्रोत परिचालन गराउने उदेश्य बाट भएको उल्लेख गरिएको छ ।

नगरपालिकाले सबै कानुनी प्रक्रिया पुरा गरेर जग्गाधनी सङ समन्वय गरि उक्त क्षेत्रको नम्बरी जग्गाबाट ढुङ्गा , गिट्टी उत्खनन गर्न दिएको बिज्ञप्तिमा उल्लेख छ ।  कानुन बमोजिम बिस्तृत प्रारम्भिक बाताबरण परिक्षण ” आइई ” गरेर गरिएको  उक्त कार्यलाई नगर प्रमुखलाई बदनाम गराउने उदेश्य अनुरुप अनर्गल प्रचार गरिएको भनिएको बिज्ञप्तिमा उल्लेख छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्