कान्छो खवर । बुधबार, बैशाख २४, २०८२

गाईघाट २४ बैशाख ।
बिधुत सर्ट भएर मंगलबार राती हडियामा भएको आगलागीबाट झन्डै ६० लाख बराबरको क्षेती भएको छ । चौदण्डिगढी नगरपालिका ९ हडिया ढिम्किटोलका सोभित खनाल र मोहन खनालको दुई तल्ले काठ र सिमेन्टले बनेको घरमा १०.१५ बजे आगलागी भएको स्थानिय चन्द्र गिरीले बताए ।
बिधुत सर्ट भएर आगलागी हुदै दुई परिबारको भान्साकोठामा रहेकोे ग्यास सिलिन्डर पड्किएर फैलिएको आगोले घर पुर्ण रूपमा जलेको गिरीले बताए । आगलागीबाट घरमा रहेको दुबै परिबारको फर्निचर, लत्ताकपडा , अन्नपात , सुनचाँदी जलेको छ । दुबै परिबारको झन्डै १६ तोला सुन मध्य बिहान गाउलेहरुले जलेको घर भित्रबाट ४ तोला सुन भेटेर पीडित परिबारलाई बुझाएका छन् ।
खनाल परिबार दाजु भाइ हुन् ।उनिहरु एकै घरमा बस्दै आएका थिए । खाना खाएर उनिहरु सुतेको बेला घरमा आगलागी भएको थियो ।आगलागी भए पछी तत्काल खनालको घरमा पुगेका गाउलेहरुले सुतिरहेका ४ जना केटाकेटीहरुलाई बाहिर निकालेको कारण कुनै मानवीय क्षेति नभएको गिरीले बताए ।
आगलागी भएको झन्डै ४ घन्टा पछि बेल्टारबाट आएको दमकल , स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो ।पीडित परिबारलाई स्थानिय ब्यापारीहरुले बुधबार २२ हजार नगद सहयोग गरेका छ्न भने उदयपुर रेडक्रसले तिर्पाल र भाडा बर्तन उपलब्ध गराएको उनले बताए ।
पीडित परिबारलाई अस्थायी रूपमा बसोबासको ब्यबस्था गर्नको लागि अहिले गाउलेहरुले बास र काठबाट अस्थायी घर निर्माण गरिरहेका छन् ।