२७ बैशाख २०८२, शनिबार

जिल्ला अस्पताल उदयपुरमा शुक्रबार आकस्मिक तथा सघन उपचार सेवा बाहेक अन्य सेवा बन्द

कान्छो खवर । शुक्रबार, बैशाख १२, २०८२

गाईघाट  १२  बैशाख  ।

नेपाल चिकित्सक संघको आन्दोलन प्रति ऐक्यबद्ता जनाउँदै जिल्ला अस्पताल उदयपुरका चिकित्सकहरुले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवा बाहेक अन्य सेवाहरु बन्द गराएका छ्न ।

चिकित्सकहरु आन्दोलनमा उत्रिए पछी आज अस्पतालमा ओपिडी सेवा पुर्ण रूपमा ठप्प भएको छ ।अस्पतालमा कार्यरत चिकित्सकहरुले बिहिवार जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका थिए ।

निजी मेडिकल कलेजका आबासिय चिकित्सकहरुलाई सरकारी प्रतिस्ठान सरह नै निर्बाह भत्ता उपलब्ध गराउनु पर्ने माग राख्दै नेपाल चिकित्सक संघको आबहानमा शुक्रबारदेखि अस्पताल र क्लिनिकहरु बन्द गरेर चिकित्सकहरु अनिश्चितकालीन हडतालमा उत्रिएका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्