३० बैशाख २०८२, मंगलबार

पत्रकार राजेन्द्र किराती माथि जनप्रतिनिधि वाट हातपात

कान्छो खवर । बुधबार, माघ २५, २०७९

पत्रकार राजेन्द्र किराती माथि जनप्रतिनिधि वाट हातपात भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश राउतले वुधवार राई माथि हातपात गर्दै ज्यान मार्ने धम्की दिएका छन् । स्थानिय भिम सामुदायिक वन क्षेत्रको द्धारखोला मा वडाध्यक्ष राउतले आफनो जेसीभी मार्फत ढुङगा गिटी उत्खनन् गरी रहेको वेला फोटो खिच्र्दै गर्दा चौदण्डीगढी मिडियाका पत्रकार राई माथि राउतले हातपात गरेका हुन् । राउत आफै संलग्न भई अवैध रुपमा उत्खनन् भैरहेको जानकारी आए पछि रिपोर्टिङग को लागी उत्खनन् स्थल पुगेर फोटो खिच्ने क्रममा आफु माथि कुटपिट गरीएको राईले वताए । ‘मेरो क्यामेरा र मोवाइल समेत खोसेर कुटपिट गरे । ,मलाई ज्यान वेपत्ता पार्ने धम्की दिदै गाली गलौज गरीयो । ’पत्रकार राईले भने । मादक पदार्थ सेवन गरेका राईले ढुङगा गिटी वालुवाकै निहुमा काग्रेस नगर सह सचिव राकेश हुजदार लाई समेत कुटपिट गरेका छन् । घटनाको भर्सना गर्दै चौदण्डीगढी नगर कार्य समितिले वीज्ञप्ती जारी गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्