कान्छो खवर । मंगलबार, बैशाख ०९, २०८२

गाईघाट ९ बैशाख ।
रास्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरले ६ बुदे माग पत्र सहित मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
दिउँसो नाराजुलुस सहित गाईघाट बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर जिल्ला अध्यक्ष धुर्ब रायमाझीले प्रमुख जिल्ला अधिकारी प्रेम लुईटेललाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा चैत १५ गतेको तीनकुनेमा भएको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न पुर्ब न्यायाधीशको अध्यक्षतामा मानबअधिकार आयोग , नागरिक समाज सम्मीलित स्वतन्त्र छानबिन आयोग गठन हुनुपर्ने , गृहमन्त्रीको राजीनामा ,१५ गतेको दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनको नेतृत्वको निलम्बन , मृतकलाई सहिद घोषणा , झुठो मुद्दा खारेजी र निर्दोषहरुको रिहाई र राप्रपाले सरकार समक्ष पेश गरेको ४० बुदे माग उपर नवीन समझदारीकोलागि बार्ता टोलि गठन भनिएको छ ।