२९ बैशाख २०८२, सोमबार

घरको बार्दलीबाट लडेर खोटाङमा एक शिशुको मृत्यु

कान्छो खवर । शनिबार, चैत्र ०८, २०८१

गाईघाट  ९ चैत  ।

खोटाङमा बार्दलीबाट लडेर एक शिशुको मृत्यु भएको छ । बुधबार साझ घरको बार्दलीबाट लडेर गम्भीररूपमा घाइते भएका दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका १७ बिजयखर्क बसेरी बस्ने अशोक पोख्रेलको २१ महिने शिशु अनशोया पोख्रेलको मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा उपचार भैरहेकोमा थप उपचारको लागि काठमाडौ लादै गर्दा बीच बाटैमा सनिवार बिहान मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । पोख्रेल दिक्त्तेल बजारको रत्नपार्कमा मानकुमारी राईको घरमा डेरा लिएर बस्दै आएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्