१२ बैशाख २०८२, शुक्रबार

लागूऔषध प्रयोग गरिरहेको अबस्थामा युवाहरु पक्राउ

कान्छो खवर । मंगलबार, चैत्र ०४, २०८१

गाईघाट  ५ चैत  ।

लागूऔषध प्रयोग गरिरहेको अबस्थामा तीन जना पक्राउ परेका छ्न ।उदयपुरको चौडण्ढिगढि नगरपालिका ४ का २५ बर्षिय  सागर थापा मगर ,  ३१ बर्षिय बासु थापा मगर र ४० बर्षिय लोकेन्द्रराज भण्डारीलाई पक्राउ गरेको हो ।

आइतबार राती सागरको घरमा हातमा सिरिन्ज मार्फत लागूऔषध प्रयोग गरिरहेको अबस्थामा प्रहरी निरीक्षक बबिन राईको टोलिले विशेष सुराकीको आधारमा पक्राउ गरेको  हो ।घटनाको प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरु दुई जना लागूऔषध सेबनकर्ता र सागर घरधनी रहेको प्रहरीले जनाएको छ ।उनिहरु बारम्बार सोही घरमै बसेर लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्