२९ बैशाख २०८२, सोमबार

कार्यकक्षमा कर्मचारी कुटिए

कान्छो खवर । आइतबार, चैत्र ०२, २०८१

गाईघाट   ३ चैत  ।

सेवाग्राहीबाट  कार्यकक्षमा एक कर्मचारी कुटिएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा कार्यरत कर्मचारी पर्बत परियारलाई  आइतबार दिउसो  उदयपुर बेलटारका संदिप सुबेदीले  हातपात गरेको वडा सदस्य लक्षमि चौधरीले बताए ।

वडामा सेवा लिन आएको बेला कर्मचारी परियार संग विवाद भए पछी       उनिमाथी हातपात भएको हो ।  काममा ढिलाइ गरेको भन्दै उनले परियारलाई दुई झापड हानेका थिए ।

सुबेदीलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएको छ भने उनले आफुले आबेशमा आएर गल्ती गरेको बताएका छ्न । उनले गल्ती भएकोले माफ मागे पछी उनलाई छाडिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्