३० बैशाख २०८२, मंगलबार

१६ लाख क्षतिपुर्ति दिने सहमति भए संगै पीडित परिवारले शब बुझेका छन्

बोलेरो गाडीको ठक्करबाट दुई बालिकाको मृत्यु भएको घटना

कान्छो खवर । शुक्रबार, फाल्गुण २३, २०८१

गाईघाट   २३   फागुन  ।

क्षेतिपुर्तिको रकममा सहमति जुटे पछी गाडीको ठक्करबाट मृत्यु भएका परिवारले शुक्रबार दिउँसो  शब बुझेका छन् ।

त्रियुगा नगरपालिका  १२ डिएम गेट पश्चिम तर्फको भित्री बाटो नजीकको एक घरको तल्लो बरन्डामा बसेर सुपारी काटिरहेको बेला फर्निचर बोकेको प्र १०५००१ च ००९१ नम्बरको बोलेरो गाडीको ठक्करबाट बिहीवार राति ललन दासकि १० बर्षिया छोरी देबी र १४ बर्षिया अनु दासको मृत्यु भएको थियोे ।

सडकमा गुडिरहेको उक्त गाडी अनियंत्रित भएर  घरको भुइँ तल्लाको बरन्डामा गएर दुर्घटना हुँदा उनिहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले क्षतीपुर्तीको माग गर्दै शब नबुझ्ने अडान राखे पछी राती देखि भएको बार्ता टुंगो लाग्न सकेको थिएन । दिउसो जिल्ला प्रहरी कार्यालयमा भएको बार्ताले पीडित परिवारलाई सवारी धनीले  क्षतिपुर्ति बापत १६ लाख दिने सहमति गरे संगै विवाद टुंगिएको पीडितको तर्फबाट बार्तामा सहभागी भएका पुर्ब वडा अध्यक्ष बिश्वनाथ साहले बताए ।

उनले सहमति पछी पीडित परिवारले शब बुझेर लगेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्