२९ बैशाख २०८२, सोमबार

उद्योग सन्चालनको लागि लिएको ऋण रकम मध्य ५ करोड पुरानो बक्यौता तिर्दैमा सकियो , उदयपुर सिमेन्ट उद्योग सन्चालन अन्यौलमा

कान्छो खवर । बिहिबार, फाल्गुण २२, २०८१

गाईघाट  २२   फागुन  ।

पुरानो मेसिन मर्मत सम्भार  गरि उद्योग सन्चालन गर्ने सर्तमा अर्थ मन्त्रालयले दिएको १६ करोड ऋण रकम मध्य झन्डै ५ करोड  उदयपुर सिमेन्ट उद्योगले पुरानो बाकी  दायित्व  भुक्तानीमा खर्च गरेर  ऋणको दुरुपयोग गरेको  छ ।

उद्योग सन्चालन गर्न पैसा अभाव भए पछी अर्थले ११ बुदे सर्त सहित उदयपुर सिमेन्टलाई बार्षिक ७ प्रतिशत ब्याजमा १० बर्ष भित्र सावाँ ब्याज सहित तिर्नुपर्ने सर्त राखेर १६ करोड रुपैया ऋण लगानी गरेको थियो ।

अर्थले  पुरानो मेसिन मर्मत सम्भार गर्नुपर्ने र आबश्यक नंया मेसिन खरिद बाहेक अन्य शिर्षकमा ऋण रकम खर्च गर्न नपाइने गरि सर्त राखेर लगानी गरेको थियो ।तर उद्योग ब्यबस्थापनले आफूलाई फाइदा हुने किसिमले सामान आपूर्तिकर्ताहरुलाई ५ करोड पुरानो बाकी बक्यौता रकम भुक्तानी गरेर ऋणको चरम दुरुपयोग गरेको छ ।

पुरानो दायित्व रकम  भुक्तानी गर्दा कमिसन बापत मोटो रकम हात लाग्ने भएकोले  आपूर्तिकर्तालाई हतार हतार रकम भुक्तानी गरिएको उद्योगका कर्मचारीहरु बताउँछन् ।हामीले त्यसो नगर्न , बरु उद्योग चलाएर  पुरानो दायित्व तिर्न सल्लाह दिदा समेत हाम्रो कुरा सुनुवाइ भएन ।उद्योगका एक कर्मचारीले भने ।

ऋण लिएको रकम मध्य ५ करोड त त्यतिकै सकियो , अब अरु रकम  धेरै पार्टीहरुलाई भुक्तानी दिदै सकिने होला ।ती कर्मचारीले भने ।उनले पैसा आएको यतिका दिन हुदा समेत उद्योग सन्चालनमा आउन नसकेको बताए ।

रौता सर्भिसेज प्रालिलाई ९६ लाख , कोइला  र अन्य आपूर्तिकर्ताहरुलाई गरि झन्डै ५ करोड भुक्तानी भएको उद्योग सन्चालक समितिका सदस्य लिलबहादुर बस्नेतले बताए ।

हामीलाई थाहा नदिकनै निमित्त महाप्रबन्धकले भुक्तानी गरेका रहेछ्न ।बस्नेतले भने ।अब हामी पहिले उद्योग सन्चालन गर्ने तर्फ लाग्ने छौं ।उनले भने । अहिले काठमाडौमा बोर्ड बैंकक बसिरहेका छौं र अब उद्योग सन्चालन गरे पछी मात्र पुरानो दायित्व रकम भुक्तानी गर्ने उनले बताए ।

कोइला खरिदको लागि आपूर्तिकर्तालाई रकम भुक्तानी गरिएको भए पनि आपूर्तिकर्ताले अझै कोइला आपूर्ति नगर्दा उद्योग सन्चालन हुन सकेको छैन ।

उद्योगका पुर्ब अध्यक्ष केशव बस्नेतले उद्योगका ब्यबस्थापनले उद्योग सन्चालन गर्ने तर्फ ध्यान नदिएको बताए । ऋण रकम पुरानो बक्यौता तिर्दैमा सकिने भए पछी अब उद्योग  सन्चालन गर्न कठिन हुने उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्