२७ आश्विन २०८२, सोमबार

ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कान्छो खवर । सोमबार, आश्विन २७, २०८२

गाईघाट  २७   असोज  ।

ट्याक्टरको ठक्करबाट सोमबार बिहान एक महिला पैदल यात्रीको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका २ मोथिहाइस्थित कच्ची सडकमा बिहान ८ बजेको समयमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट सडकमा पैदल हिडिरेकी सोही ठाउकी ७९ बर्षीया तेत्रीदेबी चौधरीको मृत्यु भएको हो ।

जिल्ला अस्पताल उदयपुरमा सख्त घाइते चौधरीलाई  उपचारको लागि पुर्याएको केहि बेर मै  चिकित्सकले मृत घोषण गरेको थियोे ।दुर्घटना पछी चालक २४ बर्षिय धर्मेन्द्र राजघामी फरार भएकोले प्रहरीले गाडी धनी ४० बर्षिय रामनिबास राजधानीलाई नियन्त्रणमा लिएको एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्