कान्छो खवर । शनिबार, फाल्गुण ०३, २०८१

गाईघाट ३ फागुन ।
प्रहरीले सनिवार दिउसो जुवा खेलीरहेको अबस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित रामप्रसाद राईको घरमा जुवा खेलिरहेको अबस्थामा ३ लाख १२० रुपैया सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा दिउसो प्रहरी टोलि पुगेर राईको घरमा छापा मारेर जुवाडेलाई पक्राउ गरिएको एसपि हरिहरनाथ योगीले बताए ।पक्राउ पर्नेहरुमा रामप्रसाद राई , मदन राउत ,रीत बहादुर राउत ,जालबहादुर मगर ,कुमार कार्की ,चिरञ्जीवी राई ,तिलकबहादुर बुढाथोकी ,राजकुमार कटुवाल ,बालकृष्ण राई ,निरज कटुवाल र राकेश चौधरी रहेका छन् ।
पक्राउ परेका उनिहरुलाई जुवा ऐन अनुसार कारबाही चलाउने तयारी भैरहेको योगीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्