०२ फाल्गुण २०८१, शुक्रबार

मुलुककै ठुलो उदयपुर सिमेन्ट उधोग आर्थिक संकटमा , कर्मचारीले ६ महिना देखि तलब भत्ता पाएका छैनन्

कान्छो खवर । सोमबार, माघ १४, २०८१

जलजले “उदयपुर ” १४ माघ ।

आर्थिक संकटले थलिएको मुलुककै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगका कर्मचारीले बिगत ६ महिना देखि तलब भत्ता नपाउदा बिचल्लीमा परेका छ्न ।

उधोगमा संचिति रकम नहुदा कर्मचारीहरुले साउन देखिको तलब भत्ता खान पाएका छैनन् । कुनै बेला उत्पादन धेरै भएर लाखौं रुपैया बोनस पाउने गरेका कर्मचारीहरु यतिबेला पाकेको मासिक तलब पाउन औसि पुर्णे कुर्नुपर्ने अबस्थामा पुगेका छ्न ।

उधोग लामो समय देखि नेतृत्व बिहिन अबस्थामा रहेकोेले अहिले उद्योग रुग्ण अबस्थामा पुगेको छ । उधोग सन्चालन गर्ने तर्फ अहिले कसैले ध्यान दिएका छैनन् ।

गत पौष २० गते देखि उत्पादन बन्द भएको उधोगमा सिमेन्ट अभावमा २४ गते देखि सिमेन्ट बिक्रि पनि बन्द भएको छ । उद्योग सन्चालनको लागि आबस्यक कच्चा पदार्थ कोइराला , तेल र अन्य रमेटेरियलको अभावमा उधोग बन्द भएको छ ।

कोइराला आपूर्ति गर्ने आपूर्तिकर्तालाई  ३० करोड भन्दा बढी रकम भुक्तानी गर्न नसक्दा आपूर्तिकर्ताले उधोगमा कोइराला दिन बन्द गर्दा अहिले उधोग कोइराला अभावमा सन्चालनमा आउन नसकेको उधोगका कर्मचारी तेजप्रसाद ढकालले बताए ।

उनले विभिन्न ब्यापारी र सामान आपूर्तिकर्ताहरुलाई उधोगले ४० करोड माथि भुक्तानी दिन बाकिरहेको बताए । पैसा नपाएको कारण कसैले पनि उधोलाई सामान दिन मान्दैनन् , उनलेे भने । कोइराला र खनिज तेल बिना उधोग  सन्चालन हुन सक्दैन , पुरानो पैसा नपाए सम्म आपूर्तिकर्ता कोइराला दिन मान्दैन ।उनले भने ।अनि कोइराला अभावमा अहिले उधोग बन्द भएको ढकालले बताए ।

बिधुत प्रयोग गरे बापत उधोगले  झन्डै ५५ करोड रुपैया बिधुत प्राधिकरणलाई बुझाउन बाकिरहेको छ भने  अनिवार्य अबकासमा गएका ८५ जना कर्मचारीहरुलाइ उपदान बापत करिब ३० करोड रुपैया भुक्तानी गर्न बाकी छ । लामो समय देखि उपदान बापतको रकम उधोगले नदिएको भन्दै पीडित कर्मचारीहरुले उधोगमा आन्दोलन र धर्ना समेत दिदै आएका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्