कान्छो खवर । मंगलबार, पुष २३, २०८१
गाईघाट २३ पौष ।
त्रियुगा नगरपालिका ७ कि १०४ बर्षीया महिला सम्मानित भएकी छिन् ।वडा मै सबै भन्दा बढी उमेरकी सुनमाया माझी लाई मंगलबार सम्मान गरिएको हो ।
वडा कार्यालयमा दिउसो आयोजित एक कार्यक्रममा वडा अध्यक्ष अमर बहादुर दनुवारले माझीलाई दोसल्ला वढाएर सम्मान गरेका हुन ।उनलेे माझीलाई नगद रुपैया समेत दिएका छ्न ।लामो समय जिवित रहन सफल माझीलाई जेष्ठ नागरिकको हैसियतमा सम्मान गरिएको वडा अध्यक्ष दनुवारले बताए ।
यति धेरै उमेरमा समेत निरोगी रहेर बाच्न सफल माझीको दीर्घ आयुको लागि संमान गरिएको उनले बताए । उनले माझी जिल्ला कै सबैभन्दा बढी उमेरको हुन सक्ने बताए ।
यहाँ कमेन्ट गर्नुहोस्