०४ माघ २०८१, शुक्रबार

एमाले नगर कमिटी द्वारा बेलका नगरपालिकामा तालाबन्दी

कान्छो खवर । बिहिबार, पुष १८, २०८१

गाईघाट  १८  पौष  ।

पास गरेको ब्यक्तिको ठाउँमा अर्कै ब्यक्तिलाई नियुक्ति गरेको भन्दै नेकपा एमाले बेलका नगर कमिटीले बिहीबार बेलका नगरपालिकामा तालाबन्दी गरेको छ ।

केहि दिन अघि नगरले खुल्ला प्रतिस्पर्धाबाट स्वरोजगार सहायक पदमा नियुक्ति गरेको ब्यक्तिको ठाउँमा अर्कै ब्यक्तिलाई हाजिर गरेको भन्दै एमाले बेलकाले प्रमुखप्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्य कक्षमा तालाबन्दी गरेको हो ।

स्वरोजगार सहायकमा बेलका २ का दिब्य राज अधिकारी उतिर्ण भएका थिए तर उनको ठाउँमा सोही नामका परिक्षामा सहभागी नभएको ब्यक्ति  नियुक्ति लिएर कार्यालयमा काम गर्न थालेको भन्दै एमालेले बिरोध जनाउदै नगरपालिकामा तालाबन्दी गरेको हो ।

बेलकाका मेयर अशोक कार्कीले झुक्याएर नियुक्ति लिन आउने ब्यक्तिलाई बुधबारनै पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाइएको हुदा एमालेले तालाबन्दी गर्नु ठिक नभएको बताए ।

हामीहरु कोही नभएको मौका पारेर नियुक्ति लिन आएका रहेछन् तर निमित्त प्रमुख प्रशासकीय अधिकृतले तल फाटमा गएर सम्पर्क गर्न भनेका रहेछ्न ।उनले भने ।तर परिक्षा लिने कर्मचारीले नियुक्ति लिन आएका ब्यक्ति अर्कै भएको थाहा पाएर हामीलाई खबर गरे पछि तत्काल पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको मेयर कार्कीले बताए ।

नाम मिल्न जादा कर्मचारी झुकिएर यस्तो भएको तर झुक्याएर जागीर खान खोज्ने ब्यक्तिलाई कार्यालयबाट नियुक्ति नदिएको उनले बताए ।उनले यो बिषयमा छानबिन भैरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्