२१ आश्विन २०८१, सोमबार

प्रहरीले आर्थिक लाभ लिएर गाडी र चालक छोडेको आरोप

कान्छो खवर । मंगलबार, आश्विन १५, २०८१

गाईघाट  १५ असोज ।

 

भारतबाट  भन्सार छलेर ल्याउदै गरेको अबस्थामा  पक्राउ गरिएको  अबैध सामानलाई बेवारिसे   बनाउदै प्रहरीले  ट्रक र चालकलाई  छाडेको छ ।

सनिवार दिउसो गाईघाट – कदमाहा सडक खण्डको त्रियुगा नगरपालिका ६ जलजले ढाट नजिकै  प्रहरीले ११.३० बजे पक्राउ गरेको प्र  २-०२-००१ ख ०११८ नम्बरको ट्रकलाई नियन्त्रणमा  लिएको थियोे । उक्त गाडीमा भन्सार छलि गरेर ल्याएको ४९ बोरा चिनी ,५० केजी दरको ६ बोरा मटर दाना ,१ बोरा सुर्ती ,१ बोरा बिडि १ बोरा अङुरी पराग ,१३ बोरा खुदि , जीरा ७ बोरा  र ३० बोरा भुजा बरामद गरिएको थियोे ।

प्रहरीले आर्थिक चलखेल गरेर गाडी र चालकलाई  छोडिदिएर  बरामद गरिएको सामानलाई बेवारिसे अबस्थामा भेटिएको  उल्लेख गरेको छ। प्रहरीले  विशेष सूचनाको आधारमा गाडी नियन्त्रणमा लिएको थियोे । जलजले चौकी इन्चार्ज घनश्याम पोख्रेलको टोलिले सामान नियन्त्रणमा लिएको थियोे ।

तर  पक्राउ गरिएको  केहि समयमा नै गाडी र चालकलाई छडिएर सामानलाई बेवारिसे अबस्थामा बरामद  भएको भन्दै प्रहरीले  सूचना प्रबाह गरेको थियोे  ।  लहान बजारका ब्यापारी सुदन यादवको उक्त सामान प्रहरीले आर्थिक  चलखेल गरेर  चालक र गाडीलाई  छाडेको ब्यापारीहरुको भनाइ छ । ब्यापारी  यादवले झन्डै ५ लाख प्रहरीलाई बुझाएर गाडी र  चालक छुटाएको ति ब्यापारीले नाम  उल्लेख नगरिदिने शर्तमा बताए ।

प्रहरीले पैदल गस्तीको क्रममा जलजले ढाटबाट पक्राउ गरेको भनेको छ तर  , प्रहरीले सरासर झुठो बोलेको ति ब्यापारीले बताए ।  जलजले चौकीका इन्चार्ज  असई घनश्याम पोख्रेलले आफु नभएको बेला प्रहरी हवलदारको टोलिले सामान बेवारिसे अबस्थामा बरामद गरेको  बताए ।

उनले गाडी र चालकको विशेषमा केहि थाहा नभएको बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि हरिहर नाथ योगीले  पक्राउ गरिएको गाडी र चालकलाई कानुन सम्मत तरीकाले छोडिएको बताए । उनले बिल नभएको सामानको हकमा सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा पठाइएको र बिल भएको सामान ब्यापारीलाई फिर्ता दिएको बताए । एसपि योगीले कुनै अनुचित लाभ लिएर गाडी नछोडिएको बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्