कान्छो खवर । आइतबार, भाद्र ३०, २०८१
गाईघाट ३० भदौ ।
मदन भण्डारी राजमार्ग अन्तरगत बेलका नगरपालिका ८ सोमबारेमा आइतबार दिउसो यात्रीबाहक बस दुर्घटना हुँदा यात्रीहरु सामान्य घाइते भएका छ्न ।
बिराटनगर देखि जनकपुर आउदै गरेको ना६ च ४५८८ नम्बरको बस सडक देखि छेउ तर्फको नालिमा पस्दा गाडीमा सवार ब्यक्तिहरु सामान्य घाइते भएको घटनास्थल देखि स्थानिय सनबिर राईले बताए । गाडीको एउटा चक्का नालिमा परेर गाडी फस्न गरेको उनले बताए ।
राजमार्ग बीचको ठाउ ठाउमा निकै खाल्डाखुल्डी भएकोले सवारी साधन दुर्घटना हुने गरेको उनले बताए । आइतबार भएको बस दुर्घटना पनि सडकको बीचमा रहेको खाल्डाको कारण भएको उनले बताए ।आफनै गतिमा आईरहेको बस सडकको बीच भागमा रहेको खाल्डोको कारण भएर नालिमा गएर बस अड्किएको उनले बताए ।
गाडीको गति कम रहेकोे कारण बस ठुलो दुर्घटना हुन बाट जोगिएको प्रहरीले जनाएको छ । मदन भण्डारी राजमार्गको धेरै ठाउमा सडक भत्किएर खाल्डाखुल्डी परेको छ ।उक्त भत्किएको सडक भने सम्बन्धित निकायले अझै मर्मत सम्भार गरेको छैन ।
पुर्बको चतरा देखि सिन्धुलिको भिमाद सम्म झन्डै २० ठाउमा सडक भत्किएको छ तर सडक मर्मत सम्भार लामो समय देखि हुन सकेको छैन ।सडक निर्माण गर्ने योजना कार्यालय उठिसकेको कारण पनि सडक मर्मत सम्भारमा हेलचेक्राइ भैरहेको निर्माण ब्यबसायि मन्दिप राईले बताए ।