३१ भाद्र २०८१, सोमबार

बदेल मारेको आरोपमा पुर्ब डिआइजि सहित १० जना नियन्त्रणमा

कान्छो खवर । बिहिबार, भाद्र १३, २०८१

गाईघाट १३ भदौ ।

जंगली जनाबरको चोरीसिकारी गरेको आसंकामा सप्तरी प्रहरीले पुर्ब डिआइजि सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको हनुमाननगर कन्कालिनी नगरपालिका १ भारदह योगिनाया कोशी पलारबाट पुर्ब प्रहरी नायब महानिरीक्षक ज्ञानबिक्रम साह सहित १० जनालाई बुधबार राती हतियार सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनिहरुलाई स्कार्पियो गाडीबाट नियन्त्रण लिएको सप्तरी प्रहरीले जनाएको छ ।गाडीमा पोइन्ट टुटु क्यालिबर राईफल समेत बरामद गरिएको छ ।

उनिहरुलाई हतियार सहित नियन्त्रणमा लिएको स्थान देखि झन्डै १ किलोमीटर टाढा बेवारिसे अबस्थामा फेला परेको ट्याक्टरमा एक थान मरेको बदेल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

डिआइजि साह संगै नेपाल प्रहरीका बहालवाला सई सन्जय न्यौपाने समेत सप्तरी प्रहरीको नियन्त्रणमा रहेका छ्न । प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि अनुसन्धान भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्