कान्छो खवर । मंगलबार, भाद्र ११, २०८१
फोटो : डम्बर
खोटाङ ११ भदौ ।
मध्य पहाडी लोकमार्गको हलेसी खण्डमा गएको पहिरोको कारण मंगलबार बिहान देखि यातायात सेवा अबरुद्ध भएको छ ।बिहान ३ बजे देखि तुवाचुङ डाडा देखि झरेको पहिरोले हलेसी तुवाचुङ नगरपालिका १० अर्खौले र वडा नम्बर ७ को महादेव स्थान बीचको नागी जंगलमा बाटो अबरुद्ध भए पछी बिहान देखि कुनै पनि सवारी साधन चलेका छैनन् ।
डाडा देखि झरेको पहिरोले झन्डै १ मिटर बाटो पुरिएकोले यातायात सेवा अबरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले बीच बाटोमा २ सय बढी साना ठुला सवारी साधन रोकिएको खोटाङका प्रहरी प्रमुख पुरुषोत्तम खड्काले बताए ।
बिहान देखि ३ वटा डोजर लगाएर पहिरो हटाउने प्रयास भैरहेको उनले बताए । दिउसो २ बजे सम्ममा अबरुद्ध बाटो सुचारू हुने उनले बताए ।बर्षाको कारण मध्य पहाडी लोकमार्ग यस अघि पनि निकै पटक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्