३१ भाद्र २०८१, सोमबार

जनता नमुना माबिको नानिबाबुहरुको कक्षा कोठामा एसि जडान

कान्छो खवर । आइतबार, भाद्र ०९, २०८१

गाईघाट ९ भदौ ।

गर्मी र जाडोबाट ससाना बालबालिकालाई जोगाउनको लागि जनता नमूना माबि गुरुङचौरीले कक्षा कोठामा एयर कन्डिसर “एसि ” जडान गरेको छ।

नर्सरी देखि एलकेजि सम्मका बिध्यार्थिहरुको लागि बिध्यालयले दुई वटा कोठामा एसि जडान गरेको प्रधानअध्यापक समर राईले बताए ।बालबालिका पठनपाठन गर्ने उक्त कोठामा जिप्सम लगाएर कोठालाई आकर्षक र सितल बनाइएको उनले बताए ।

गर्मीमा निकै गर्मी र जाडोमा ज्यादै जाडो हुने गुरुङचौरीमा बालबालिकाको स्वास्थलाई मध्य नजर गर्दै बिध्यालयले आफनै खर्चमा एसि जडान गरिदिएको उनले बताए । एसि जडान पछी विद्यार्थीहरु समेत निकै खुसी भएका छ्न ।

प्रअ राई एसि जडानमा १ लाख ३३ हजार , कोठामा जिप्सम लगाउन ५७ हजार ५ सय र अन्य खर्च ५० हजार गरि २ लाख ४० हजार ५ सय रुपैया खर्च भएको उनले बताए ।

उदयपुरको बेलका नगरपालिका ४ गुरुङचौरीस्थित उक्त माबिले कक्ष ११ र १२ का बिज्ञान संकायमा अध्यन गर्ने बिध्यार्थिहरुलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउदै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्