३१ भाद्र २०८१, सोमबार

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको रिसमा चौधरीले आफ्नो मोटरसाइकल आफै आगो लगाए

कान्छो खवर । शुक्रबार, भाद्र ०७, २०८१

गाईघाट ७ भदौ ।

ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको रीसमा एक युवकले आफ्नो मोटरसाइकल आफै जलाएका छ्न । बिहीबार राति ८ बजेको समयमा मादक पदार्थ सेबन गरी ३ जना चडाएर बजार तर्फ आउदै गरेको मोटरसाइकल त्रियुगा बसपार्कमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाडीका चालक सप्तरी महुली घर भै गाईघाट डिमगेटमा ग्यारेज सन्चालन गर्दै आएका बर्ष ३३का देबनारायण चौधरीले जलाएको प्रहरीले जनाएको छ।

च ८ प ७८७६ नम्बरको पल्सर मोटरसाइकल चौधरीले लाईटर बालेर आगो लगाएर भागेका थिए ।ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान दिपक मगरले ऊनीहरुको पिछा गरि चौधरी सहित ३ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक असई शम्भु थापाले बताए ।

मादक पदार्थ सेबन गरी ट्राफिक नियम उलंघन गरेको भन्दै ट्राफिकले नियन्त्रण लिएको रिसमा चौधरीले आफ्नो मोटरसाइकल जलाएको खुल्न आएको उनले बताए । आफै गल्ती गर्ने अनि प्रहरी सङ रीस देखाउन आफ्नै गाडी आफै जलाउने घटना सम्भब्त यो पोहिलो हुन सक्ने उनले बताए ।

प्रहरी नियन्त्रणमा रहेकोे उनिहरुविरुद्ध अभद्र व्यबहारमा मुद्दा  चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्