३१ भाद्र २०८१, सोमबार

झाडापखालाबाट ४ बर्षिय बालकको मृत्यु

कान्छो खवर । सोमबार, भाद्र ०३, २०८१

गाईघाट ३ भदौ ।

खोटाङमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउपालिका १ याम्खाका ४ बर्षिय दिप्सन भुजेलको आईतवार साझ ४.३० बजे दिक्तेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीन दिन देखि झाडापखालाबाट बिरामी भएको बालकको आफ्न्तले उपचारको लागि दिउँसो ३ बजे अस्पतालमा ल्याएका थिए । चिकित्सकले उपचार गर्दा गर्दै बालकको डेढ घन्टा पछि मृत्यु भएको अस्पतालका प्रमुख डा.रुपेश सङ्ग्रौलाले बताए ।

बिरामी निकै सिरियस अबस्थामा ल्याइएको थियोे , हामीले बचाउने निकै प्रयास गरेउ तर बालकलाई बचाउन सकिएन ।उनले भने । चाडैं उपचारमा ल्याएको भए बालकलाई बचाउन सकिने थियोे , उनले भने ।

गाउमा झाडापखालाका अन्य बिरामी समेत रहेको खुल्न आएको छ। मृतक बालकको दुई दाजुभाइ समेत झाडापखालाको बिरामी रहेको र उनिहरुको गाउमै उपचार भैरहेको स्थानिय दिलिप खत्रीले बताए । बिरामी उनिहरुलाई उपचारको लागि अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्