३१ भाद्र २०८१, सोमबार

नक्कली इन्जिनियर पक्राउ

कान्छो खवर । बिहिबार, साउन ३१, २०८१

गाईघाट ३१ साउन ।

नक्कली कागजपत्र बनाएर सरकारी कर्मचारी बन्ने एक जना पक्राउ परेका छन् । प्रहरीले सर्लाही गडहिया गाउपालिका ४ का बर्ष ३४ का जबराहिल मन्सुरीलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका मन्सुरीले भुमी ब्यबस्था सहकारी तथा गरिबी निबारण मन्त्रालय नापी बिभाग बाट स्याङ्जाको च. न २६ को मिति २०७७ बैशाख १५ मा जारी भएको स्थायी नियुक्ति पत्र र भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय सडक बिभाग बबरमहल बाट जारी रोशन अधिकारीको नाममा जारी सिभिल इन्जिनियरको परिचय पत्र देखाएर महिला माथि यौन शोषण गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मन्सुरीले देखाएको परिचय – पत्र अनुसन्धानबाट नक्कली रहेको खुल्न आए पछी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले दिउसो उनलाई पक्राउ गरिएको एसपि हरिहर नाथ योगीले बताए ।

प्रहरीले लिखत कसुर सम्बन्ध अंतरगत अदालत बाट म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्