३१ भाद्र २०८१, सोमबार

कटारीमा आइतबार बिहान देखि खानेपानीको आपूर्तिमा समस्या , मुहानमा रहेको पम्प र ट्रान्सर्फमर मर्मत हुदै

कान्छो खवर । आइतबार, साउन २७, २०८१

ट्रान्सर्फमर मर्मत गर्दै प्राधिकरणका कर्मचारी

गाईघाट २७ साउन ।
आईतवार बिहान देखि उदयपुरको प्रमुख ब्यापारीक केन्द्र कटारी बजारमा खानेपानीको सप्लाइमा अबरोध आएको छ। बिहान पानी थाप्न खोज्दा धारामा पानी नआएपछी उपभोक्ताहरुले संबंधित निकायलाई जानकारी गराए पछी अहिले पानी अवरोधको कारण पत्ता लगाएर मुहानमा मर्मत सम्भारको काम भैरहेको छ ।

बजार क्षेत्रमा वितरण हुदै आएको खानेपानी आयोजनाको कटारीनपा ५ स्थितमा रहेको मुहानको पानी तान्न प्रयोग गरिएको पम्प र पम्प सन्चालनमा प्रयोग गरिदै आएको बिधुतको ट्रान्सर्फमरमा समस्या आएकोले बिहान देखि नगरमा पानी आपूर्ति ठप्प भएको कटारीका समाजसेबी पबन श्रेष्ठले बताए ।

अहिले बिधुत प्राधिकरण कटारीबाट मुहानमा रहेको बिधुत ट्रान्सर्फमर र पम्प मर्मत संभार भैरहेको उनले बताए । दिउसो सम्ममा मर्मत सम्भार सकिएर साझ देखि पानी आपूर्ति सहज हुने उनले बताए ।

गत २ बर्ष देखि सन्चालनमा आएको कटारी बजार नंया खानेपानी तथा सरसफाइ उपभोक्ता कटारी आयोजनाले बजार क्षेत्रमा पानी वितरण गर्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्