३१ भाद्र २०८१, सोमबार

बङगलादेशमा अल्पसंख्यक हिन्दु तथा बुद्ध धर्मावलम्बी माथि भएको हत्या , आक्रमण तत्काल रोक्न शंकर भण्डारीको आग्रह

कान्छो खवर । बिहिबार, साउन २४, २०८१

गाईघाट २४ साउन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बङगलादेशमा जनबिद्रोहबाट उत्पन्न अस्थिरताका बीच अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीमाथि भएको हत्या , आक्रमण , आगजनी तथा सिर्जना गरिएको त्रासदी कायरतापुर्ण तथा मानबताबिरोधी घटना भएको उल्लेख गर्दै घटनाको घोर निन्दा र भत्सर्ना गरेका छ्न ।

उनले बिहिवार एक बिज्ञप्ति जारी गर्दै त्यस्ता तत्काल रोक्न सम्बद्ध पक्ष संग जोडदार माग गरेका छ्न ।उनले बङगलादेशमा उत्पन्न पछिल्लो घटना क्रमलाई आफुले नियालि रहेको उल्लेख गर्दै धर्म र नश्ल पहिचान गरी गरिएको आक्रमण रोक्न पर्याप्त कुट्नीतिक पहल थाल्न नेपाल सरकार संग बीज्ञप्ति मार्फत अनुरोध गरेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्