३१ भाद्र २०८१, सोमबार

अविरल बर्षाले सगरमाथा लोकमार्ग अबरुद्ध

कान्छो खवर । मंगलबार, साउन २२, २०८१

गाईघाट २२ साउन ।

भारी बर्षाले बाटो बिगार्दा सगरमाथा लोकमार्ग मंगलबार बिहान देखि अबरुद्ध भएको छ। सोमबार राती परेको अविरल बर्षाले गाईघाट – दिक्तेल सडक खण्ड अन्तरगत हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीमा सडक बगाउदा बिहानै देखि यातायात अबरुद्ध भएको गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटले जनाएको छ।

योजना कार्यालयका इन्जिनियर नारायण थापाले झन्डै ५० मिटर बाटो अविरल बर्षाले बगाएको बताए ।उनले बाटो मर्मत सम्भार पछी मात्र यातायात सुचारु हुने बताए । सडक बगाएको स्थानमा योजना कार्यालयबाट प्राबिधिक टोलि पठाएर बिस्तृत विवरण संकलन गरी लगत्तै बाटोको मर्मत गरेर यातायात खुलाउने तयारी भैरहेको इन्जिनियर थापाले बताए ।

बाटो अबरुद्ध पछी गाइघाट- खोटाङको सिधा यातायात सेवा बन्द भएकोले स्थानिय बासिन्दाहरुलाई समस्या परेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्