०४ माघ २०८१, शुक्रबार

उदयपुर काङ्ग्रेसको बिज्ञप्ति : कृष्ण थापा पार्टीको कुनै जिम्मेवारी पदमा नरहेको खुलासा

कान्छो खवर । सोमबार, साउन १४, २०८१

गाईघाट १४ साउन ।

नेपाली काङ्ग्रेस उदयपुरले कृष्ण थापा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेको जनाएको छ ।आइतबार नेकपा एमालेमा प्रवेश गरेका थापालाई विभिन्न सन्चारमाध्यमले नेपाली काङ्ग्रेस उदयपुरको २ नम्बर क्षेत्रीय सभापति उल्लेख गर्दै समाचार प्रकाशित गरेपछी काङ्ग्रेस उदयपुरले सोमबार बीज्ञप्ती जारी गर्दै थापा पार्टीको साधारण सदस्य समेत नरहेको उल्लेख गरेको छ ।

स्थानिय तहको निर्वाचनको बेला कटारी नगरपालिकाको उप- मेयर पदमा थापाले पार्टीको आधिकारिक उमेदवार विरुद्ध चुनाव लडे पछी पार्टीले उनलाई साधारण सदस्य नरहने गरि कार्यबाहि गरेको बिज्ञप्तिमा उल्लेख छ। कार्यालय सचिव सन्तोष कोइराला द्वारा जारी बिज्ञप्तिमा थापा पार्टीको साधारण सदस्य समेत नरहेको अबस्थामा क्षेत्रीय सभापति भनेर समाचार प्रकाशित हुदा दुख लागेको समेतको उल्लेख छ।

थापा एमाले मुख्यालयमा आयोजित एक कार्यक्रममा महासचिव शंकर पोख्रेलको उपस्थितिमा एमाले प्रवेश गरेका थिए ।

नेपाली काङ्ग्रेसले साधारण सदस्यताबाट हटाए पछी थापा रबि लामेछानेले नेतृत्व गरेको रास्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको खुलेको छ। उनलाई रास्वपाले दिएको परिचयपत्र अहिले सामाजिक संजालमा भाइरल भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्