कान्छो खवर । सोमबार, साउन ०७, २०८१

गाईघाट ७ साउन ।
सामुदायिक बिध्यालयले विभिन्न बहानामा बिध्यार्थि बाट चर्को शुल्क उठाउने गरेको गुनासो आइरह्दा बेलका नगरपालिका ४ गुरुङचौरीस्थित जनता नमुना माबिले भने बिज्ञान सङ्कायमा ११ र १२ मा अध्यन गर्ने बिध्यार्थिहरुलाई पाठ्यपुस्तक सहित निशुल्क पठनपाठन गराउदै आएको छ।
२०७७ देखि ११/१२ कक्षा सन्चालन हुदै आएको बिधालयमा शिक्षा र कमर्स बिषयमा समेत पठनपाठन हुदै आएको छ। गत बर्ष देखि बिज्ञान बिषयमा पठनपाठन सुरु गरिएको बिद्यालयका प्रअ समर राईले बताए ।
यो बर्ष देखि हामीले पाठ्यपुस्तक सहित निशुल्क पठनपाठन गर्ने ब्यबस्था गरेका छौ , राईले भने ।बिध्यार्थिबाट भर्ना शुल्क एक पटककोलागि २ हजार मात्र लिनेे गरेका छौ ।उनले भने । अरु मासिक शुल्क र परिक्षा शुल्क लिदैनौ, पाठ्यपुस्तक निशुल्क उपलब्ध गराएका छौ ।प्रअ राईले भने ।
बिज्ञान बिषयलाई बढी महत्त्व दिनकोलागि मात्र नभएर बिध्यार्थिहरुले आफनै ठाउको शैक्षिक सस्थामा पठनपाठन गर्न चासो देखाउन भनेर बिध्यालयले यस्तो ब्यबस्था गरेको राईले बताए ।
यो सेसनमा पनि धेरै बिध्यार्थि भर्ना हुने अपेक्षा गरिएको उनले बताए ।