०७ साउन २०८१, सोमबार

गिदेरी खोलाले बगाएर एक जना बेपत्ता

कान्छो खवर । आइतबार, आषाढ २४, २०८१

गाईघाट २३ असार ।

रामपुर स्थितगिदेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छ्न ।रामपुर देखि घर तर्फ फर्केने क्रममा सनिवार साझ ६.३० बजे बेलका नगरपालिका ३ रातापानी भासिका ६० बर्षिय इन्द्रबहादुर बुडाथोकीलाई खोला तर्दै गर्दा बाढीले बगाएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रहरीले सनिवार साझ देखि नै खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म बुडाथोकीलाई फेला पार्न सकिएको छैन ।उनको खोजीमा जनपद , शसस्त्र प्रहरी र स्थानिय बासिन्दाहरु अहिले परिचालन भैरहेको प्रहरी हवलदार सोम पन्तले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्