०७ साउन २०८१, सोमबार

ओखलढुंगामा पहिरोले घरगोठ पुरिदा एक महिलाको मृत्यु , अन्य दुइ जना घाइते

कान्छो खवर । बुधबार, आषाढ १३, २०८१

गाईघाट १२ असार ।

ओखलढुंगामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।साथै अन्य दुई जना घाइते भएका छ्न ।

बुधबार बिहान देखि परेको मुसलधारे पानीको कारण माथि देखि झरेको पहिरोले चिसङखुगढी गाउपालिका ५ थुम्की मा घरगोठ पुरिदा ३५ बर्षिया देबकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बिहान करिब ५ बजे भएको खुलेको छ ।

पहिरोमा परि मृतककी श्रीमान ३९ बर्षिय बाबुराम खत्री र छोरी १८ बर्षिया मेनुका गम्भीर रूपमा घाइते भएको ओखलढुंगा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिजय कार्कीले बताए ।

खत्रीको एक तल्ले घर र गोठ पहिरोले पुरिएको छ ।घटना लगत्तै प्रहरी र स्थानिय बासिन्दा पुगेर घाइतेको उद्घार गरेका थिए ।ऊनीको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्