०४ माघ २०८१, शुक्रबार

विद्यार्थी माथि दुव्र्यवहार गर्ने शिक्षक निलम्बन

कान्छो खवर । आइतबार, आषाढ १०, २०८१

गाईघाट ९ असार ।
कटारीमा ६ दिन अगाडि एक विद्यार्थीमाथि भएको दुव्र्यवहारको घटनामा दोषी ठहर भए पछी शिक्षक नातिबाबु भट्टराई कार्बाहिमा परेका छ्न ।

कटारी नगरपालिकाले शिक्षक भट्टराईलाई ३ महिना निलम्बन गर्ने निर्णय गरेको हो ।३ कक्षामा अध्यन गर्ने ७ बर्षिय बालकलाई गत मंगलबार कटारी नगरपालिका २ स्थित कमला प्राबि खोक्साका शिक्षक भट्टराईले कपि लिएर नआएको भन्दै दुव्र्यवहार गरेका थिए । बालकको गाला र निधारमा मार्कर पेनले ठुला ठुला अक्षरले ” मेरो कपि ” छैन भन्दै लेखेर शिक्षक भट्टराईले कक्षा कोठा बाट निष्कासन गरेका थिए ।

उक्त घटनाको सामाजिक संजाल फेसबूक मार्फत उजागर भए पछि नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले विशेष चासो राखेर छानबिन गरेका थिए ।उक्त घटनामा शिक्षक भट्टराई दोषी पाइए पछि उनलाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियोे । उनले आफु बाट गल्ती भएको स्वीकार गरेका छ्न ।

मेयर श्रेष्ठले बालक माथि दुव्र्यवहार गर्ने शिक्षक भट्टराईलाई कार्बाहि गरिएको बताए ।हामीले अहिले ३ महिना उनलाई निलम्बन गर्ने निर्णय गरेका छौ । उनले भने ।

यहाँ कमेन्ट गर्नुहोस्