१९ फाल्गुण २०८२, मंगलबार

१९ फाल्गुण २०८२, मंगलबार

आज बाट बीर अस्पतालमा ब्रेन ट्युमरको बिरामीको निशुल्क शल्यक्रिया सुरु

कान्छो खवर । आइतबार, जेठ २७, २०८१

काठमाडौ २७ जेष्ठ ।

बीर अस्पतालले आइतबार देखि ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया शुरु गरेको छ।अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिबसको अबसर पारेर बीरले त्यस्तो सेवा शुरु गरेको हो ।

रास्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीब झाले आज बाट सेवा सुरु भएको बताए ।अब ब्रेन ट्युमरका बिरामीको निसुल्क शल्यक्रिया सुरु भएको झाले बताए ।अब बाहिर पैसा तिरेर शल्यक्रिया गर्नु पर्दैन , उनले भने ।

आज बाट असार १६ गते सम्म बीरमा उपचारमा आउनेको बिरामीको निशुल्क शल्यक्रिया गरिने उनले बताए ।यस अघि निजि अस्पतालले ब्रेन ट्युमरको शल्यक्रिया गर्दा १ लाख देखि ३ लाख सम्म बिरामी बाट लिदै आएको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्