०४ आषाढ २०८१, सोमबार

क्षयरोगमुक्त नगरपालिका घोषणा अभियानलाई वडा नम्बर १२ को प्रतिबद्धता

कान्छो खवर । शुक्रबार, जेठ २५, २०८१

गाईघाट २५ जेष्ठ ।

त्रियुगा नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका घोषणा अभियानमा वडा नम्बर १२ले पुर्ण रूपमा प्रतिबद्धता जनाएको छ। वडा कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष अनिता थापाले क्षयरोगमुक्त नगरपालिका घोषणा अभियान प्रतिबद्धता – पत्रमा हस्ताक्षर गर्दै अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाईन ।

बिश्व स्वास्थ संगठन, नेपाल सरकार तथा रास्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको साझेदारीमा क्षयरोगमुक्त नेपाल घोषणा अभियान अन्तरगत २०८०/०८१ देखि त्रियुगा नगरपालिकामा यो कार्यक्रम लागू भएको स्वास्थ शाखा प्रमुख उपेन्द्र कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्