३१ भाद्र २०८१, सोमबार

ग्रेस अनुग्रह सहकारीका संचालक करोडौं रुपैया अपचलन गरेर बेपत्ता

कान्छो खवर । सोमबार, जेठ २१, २०८१

गाईघाट २१ जेष्ठ ।

बचतकर्ताहरुको करोडौं रुपैया अपचलन गरेर ग्रेस अनुग्रह सहकारी सस्थाका सन्चालकहरु बेपत्ता भएका छन् ।उदयपुरको बेल्टार बजारमा कार्यालय खोली बिगत ४ बर्ष देखि कारोबार गर्दै आएको उक्त सस्थाका संचालक विरुद्ध रकम अपचलनमा प्रहरी कार्यालय उदयपुरमा उजुरी परेको भए पनि प्रहरीले चासो नदेखाएको पीडितहरुको भनाइ छ।

पीडितहरुले आफुहरुले न्याय नपाएकोले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सडक आन्दोलन र जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम गर्ने बताएका छ्न । बचतकर्ता रमेश गुप्ताले आफुले दुख गरि कमाएको रकम अहिले डुबेको द्खेसो पोखे ।बालबालिकाको पढाईमा सहयोग पुग्ने उदेश्यले सहकारीमा बचत गरेको उनले बताए ।

अर्का पीडित राधा राईले आफु र छोराको नाममा सहकारीमा रकम राखेको तर बचत फिर्ता नपाएको बताईन। सहकारीमा रकम लिन पटक पटक गएको तर पैसा नपाएको उनले बताइन् ।

सहकारीले केहि बचतकर्ताहरुलाई दिएको ब्यक्तिगत चेक खातामा पैसा नहुदा बचतकर्ता रित्तो हात फर्किनु परेको राजेन्द्र किरातिले बताए ।तर अहिले कार्यालय बन्द गरेर कर्मचारी, संचालक फरार रहेको उनले बताए ।

ग्रेस अनुग्रहले चौदन्डिगढि र बेलका नगरपालिका क्षेत्र कारोबार गर्दै आएको छ। बिगत ३ बर्ष देखि सस्थाले बचतकर्ताहरुको कुनै रकम फिर्ता गरेको छैन ।बचतकर्ताहरुले ५० हजार देखि १० लाख रुपैया सम्म सहकारीमा जम्मा गरेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्