कान्छो खवर । शुक्रबार, जेठ १८, २०८१
गाईघाट १७ जेष्ठ ।
बेल्टार बजारका ब्यापारीहरुले शुक्रबार सडकमा फोहोर फ्याकेर बिरोध जनाएका छ्न । चौडन्ढिगढी नगपालिकाले फोहर ब्यबस्थापनमा उदासीन देखाएको भन्दै उनिहरुले बीच बजारमा फोहोर फ्याकेर बिरोध गरेका हुन ।
बजार क्षेत्रको फोहोर उठाउन सफाइ कर्मचारी नियमित नआउने , लामो समय सम्म बजारमा फोहोर थुप्रिएर दुर्गन्ध हुँदा समेत नगरपालिकाले बेवास्ता गरेको बिरोधमा आफुहरुले फोहर सडकमा फ्याकेर बिरोध गरेको उनिहरुको भनाइ छ।
बजारको फोहोर ब्यबस्थापनको लागि सर्बदलिय , सर्बपक्षिय भेला बाट फोहोर प्रभाबकारि ढंगले बाट उठाउने मेयर कालु लामाले गरेको प्रतिबद्धता पुरा नभएको ब्यापारी केसब खड्काले बताए ।
उनले प्रतिबद्धता पुरा नगरेको कारण आज फोहोर सडकमा फ्याकेर बिरोध गर्नु परेको उनले बताए ।
मेयर लामाले भने फोहोर ब्यबस्थापनको काम नियमित रूपमा भैरहेको बताए ।सफाइ कर्मचारीको संख्या कम हुदा कहिलेकाही बजारको फोहोर उठाउन ढिलो हुन गएको उनले बताए ।अब अर्को आर्थिक बर्षमा बजेट ब्यबस्थापन गरेर सफाइ कर्मचारी थप गर्ने तयारी भैरहेको उनले बताए ।